मालारानी – २ को वडा अध्यक्षको प्रत्यासी योगेन्द्रनाथ भुसाल को हो र उम्मेदवारी किन?

अर्घाखाँचीडट्कम संवाददाता
मालारानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी – २ को वडा अध्यक्ष पदमा योगेन्द्रनाथ भुसालको उम्मेदवारी परेको छ । 
मालारानी – २ को वडा अध्यक्ष पदमा योगेन्द्रनाथ भुसालको उम्मेदवारी परेको हो । भुसालले शिक्षा, स्वास्थ्य, स्थानिय विकासका पक्षमा बिभिन्न योजना लिएका छन् ।    
भुसालले यस्ता यस्ता योजना सारेका छन्:-  
    • आफुले अध्यापन गरेको विद्यालयलाई जिल्लामा नै उत्कृष्ट बनाउन नेतृत्वदायी भुमिका निर्वाह गरेको शौक्षिक व्यक्ति,
    • स्थानीय स्तरमा भएका भ्रस्टचार, जालसाजी लगायतका गतिविधिमा संलग्नहरुको भण्डाफोर गर्ने कार्यको नेतृत्व गरेको भ्रस्टचार विरोधी व्यक्ति,
    • खानेपानी लगायत अन्य विकासका सुविधा विस्तार गर्न नेतृत्व प्रदान गरेको तथा आवश्यक पूर्वाधारको लागि व्यक्तिगत रुपमा जग्गा उपलव्ध गराएको समाजिक व्यक्ति,
    • छिमेकमा हुने आगलागी लगायतका भैपरी घटनामा ज्यानको वाजी राखी उद्दार कार्यमा खटेको निडर व्यक्ति,
    • वडाका सार्वजनिक सम्पत्तीको संरक्षणको लागि व्यक्तिगत सुरक्षाको जोखिम मोलेको संरक्षक व्यक्ति,
    • वडाका हरेक नागरिक विरामी पर्दा एउटा मोटरसाइकलमा तीन जनासम्म बोकेर स्वस्थ्य चौकी÷अस्पतालसम्म पुर्याएको सामाजिक व्यक्ति,
    • छरछिमेक तथा वडामा आइपर्ने जोखिमयुक्त घटनाहरुमा निडर उद्दारकर्ताको पहिचान बनाएको व्यक्ति,
    • हरेक सामाजिक कार्यको लागि आर्थिक सहयोग संकलन गर्दा शुरुवाती (Initiator) कर्ताको पहिचान बनाएको सहयोगी व्यक्ति, 
    • उच्च निर्णय क्षमता भएको लगनशील, निडर, कर्मशील व्यक्ति तथा सम्पूर्ण युवाहरुको प्रेरणको स्रोत । 
योगेन्द्रनाथको जित किन ?
    • स्थानिय सरकारको रुपमा प्रदान गर्ने वडाका सेवा सुविधाहरु विद्युतीय माध्यमबाट वडावासीको घरदैलोमा उपलव्ध गराउन,
    • स्थानिय उत्पादनलाई उचित मूल्य सहित बजारको सुनिश्चितता गरेर रोजगारी र वडाबासीको आय बृद्धि गर्न,
    • वडास्तरमा गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य, खानेपानी तथा सुरक्षित आवासको व्यवस्था गर्न,
    • जेष्ठ नागरिक, महिला, विपन्न परिवार तथा असक्तलाई सामाजिक सुरक्षा तथा सम्मानजनक जिवन यापनको व्यवस्था गर्न,
    • वडामा महिला उद्यमको व्यवस्था गरी आय आर्जनलाई पर्वद्धन गर्न,
    • राजनैतिक तथा अन्य विभेद रहित सेवा प्रवाह गर्न,
    • वडामा भएका स्वास्थ्य चौकी लगायतका अन्य भ्रस्टचार तथा अनियमितताहरुलाई सार्वजनिक गरी संलग्नहरुको सामाजिक वहिस्कार गर्न,
    • वडाका शिक्षित युवाहरुको समन्वयनमा सामाजिक तथा आर्थिक विकासको अभियान संचालन गर्न,
    • वडामा गुणस्तरीय तथा भरपर्दो पूर्वाधारको विकास गर्न, 
    • मालारानी –२ लाई नमुना वडा विकास गरी समग्र मालारानी गाउँपालिको लागि आगामि नेतृत्वको विकल्प प्रस्तुत गर्न । 

अन्य समाचारहरु