मालारानी-७ वार्ड अध्यक्ष उम्मेदवार खडानन्द भुसालले भने; मलाई जनतालेनै बोलाएर उम्मेद्बारी दिन लगाएका हुन् (विशेष अन्तर्वार्ता)

केशब राज ज्ञवाली
मालारानी, अर्घाखाँची ।  मालारानी गाउँपालिका वार्ड न ७ का अध्यक्षका उम्मेदवार खडानन्द भुसालले आफू जनताले नै बोलाएर उम्मेद्बारी दिन लगाएको बताएका छन ।

आज अर्घाखाँची डटकमको स्थानिय चुनाव विशेष कार्यक्रममा कुराकानी गर्दै उनले एस्तो बताएका हुन ।
एकीकृत समाजबादिको तर्फबाट गठबन्धनको साझा उमेदवारको मनोनयन दिएका भुसालले आफू ठुला ठुला प्रलोभन भन्दा पनि सामान्य मानिसको समस्याहरु समाधानमा पहल गर्ने उदेस्यले उम्मेद्बारी दिएको बताए । पहिलेको नेतृत्वले आफन्त र आसेपासेको फाइदाका लागि मात्रै बिकास निर्माणको रकम खर्च गरेको आरोप लगाउदै उनले बामरुक बासिहरुले आफुलाइ जिताएर वार्डको मुहार फेर्न जिम्मेवारी दिने बिश्वास गरे ।
बढ्दो बसाइ सराइको प्रक्रिया रोक्नको लागि शिक्षा, स्वास्थ , कृषिको क्षेत्रमा उचित सुधार गरि पलायन भएकाहरुलाइ गाउँ फर्किने वातावरण बनाउने उनले दावी गरे ।
मालारानी वार्ड ७ मा यश अघिको निर्वाचनमा एमालेका खडक प्रसाद भुसाल बिजयी भएका थिए भने अहिले पनि एमालेको तर्फ बाट उनै खड्क प्रसाद भुसालनै मैदानमा छन ।