बाँगीको बजेरीमा एमाले प्रवेश गरेकाले भने; हामी अब एमाले भयौ, किर्ते कसैले नगरौ

हरि कुँवर
बाँगी, अर्घाखाँची । नेकपा एमाले रहेको जानकारी गराउदै  कित्ते हस्ताक्षर गरि भर्मको खेती नगर्न आग्रह गरेका छन ।
मालारानी वडा नम्बर ५ बाँगी साविकको ६ बजेरीमा नेकपा एमालेले पार्टी प्रवेश तथा उम्मेदवार परिचयात्मक कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गरेका हुन । आइतबार सम्पन्न कार्यक्रममा एकीकृत समाजवादिका क्रियासिल सदस्य राम प्रसाद भुसाल सहित १२ जना एमाले प्रवेश गरेका थिए । 
दिउँसो दुई समुहको हुल आएर हाम्रो फोटो मागेका थिए हामीले दिएनौ हामी जहाँ छौ त्येही ठिकै छौ भने पनि नोट बनाएर कित्ते हस्ताक्षरगरि सामाजिक संजालमा पोस्ट गरियो उनले भनिन् ।
राम प्रसाद भुसाल, पार्वता बिक , संन्जु बिक , बाबुराम खड्का , कल्पना बिक, रामलाल भुसाल , गिर राज भुसाल , ललिता भुसाल ,लिला बस्नेत ,नेत्र बस्नेत , तुल्सीराम भुसाल र शान्ता बस्नेत नेकपा एमाले  प्रवेश गरेका हुन ।
नेकपा एमाले केन्द्रिय सदस्य तथा अर्घाखाँची इन्चार्ज चन्द्रबहादुर खडका (उज्ज्वल), एमाले पार्टी जिल्ला अध्यक्ष पिताम्बर भुसाल वडा अध्यक्षपदका उमेदवार तिलक मिश्र र वडा उमेदवार सदस्य  लगाएतको उपस्थितिमा प्रवेश गरेका थिए  ।