मालारानी – ४ को वार्ड अध्यक्ष पदमा महेश खनालको स्वतन्त्र उम्मेदवारी, यस्ता छन् प्रतिबद्धताहरु

पारस भट्टराई 
खन, अर्घाखाँची (अर्घाखाँची डट्कम) । अर्घाखाँची जिल्लाको मालारानी  गाउँपालिका बडा नम्बर ४ मा वार्ड अध्यक्ष पदमा महेश खनालले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । 
यतिबेला स्वतन्त्र उम्मेदवार महेश खनालको यहाँ प्रचार प्रसार चलिरहेको छ । 
अहिले देशभर नै स्वतन्त्रको तर्फबाट उम्मेदवार दिने ब्यक्तिको संख्या उल्लेख्य रूपमा बढेको छ। युवाहरु नै राजनीतिमा सक्रिय हुन थालेपछि चुनावी माहोल निकै उल्लासमय बनेको छ। युवाहरुको समग्र विकास र नागरिक लाई सम्पुर्ण सेवाबाट सहयोग गर्ने योजना बनाएर मैदानमा आउनु भएका खनालले आफ्नो जित सुनिश्चित हुने बताउनु भएको छ।
उहाँको चुनाव चिन्ह पुतली रहेको छ। उहाँका मुख्य प्रतिबद्धताहरु बुँदागत यस्ता छन्: 
– बडा कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा तथा सुविधा लाई निष्पक्ष रुपमा चुस्त दुरुस्त बनाईने छ।
– भ्रष्टाचार र अनियमितता को अन्त्य गरी पाँच वर्षे कार्यकालमा बेरुजु लाई  शुन्य पारिने छ ।
–  सल्ला तथा उत्तिस का रुखहरू बिस्तारै हटाउदै फलफूल तथा बहुमुल्य प्रजातिका बिरुवा खालि जंगल तथा बनमा बृक्षारोपण गरिने छ।
– वडाका सम्पूर्ण नागरिकको स्वास्थ्य बिमा अनिवार्य गरिने छ।
– हाम्रो यस वडाको स्वास्थ्य चौकी लाई तत्कालै स्तरउन्नती गरी ल्याव टेस्ट गर्न मिल्ने बनाउने र सेवालाई प्रभावकारी बनाईने छ ।
–  वडाका सबै स्थानहरूमा स्वच्छ खानेपानी को उपलव्ध गराईने छ।
– कृषि क्षेत्रलाई विशेष जोड दिदै उत्पादित वस्तुको बजार ब्यबस्थापन स्वयम् वडा बाटै गरिने छ।
– शिक्षा तथा लोकशेवा आयोग तयारी को लागि      नि: शुल्क अतिरिक्त कक्षाहरू संचालन गरिने छ।
– निजी बिधालय लाई सरकारीकरण गरी सरकारी बिद्यालय को शैक्षिक प्रणाली सुधार गर्दै प्राबिधिक शिक्षामा जोड दिइने छ।
– जालकांडा र गुफालाई पर्यटकीय क्षेत्रमा विकास गरी कम्तीमा ३० देखि ५० लाख  आम्दानीको स्रोत को रुपमा बिकास गरिने छ।
– स्थानीय श्रम तथा सिपलाई व्यबसायीकिकरण गरिने छ।
–  बिदेश बाट फर्किएका युवा हरु लाई स्थानीयस्तरमै उपलब्ध स्रोत र साधनको परिचालन गर्दै स्वरोजगार तथा व्यबसाय का अवसरहरु सिर्जना गरिने छ।
– खेलकुद को विकास का लागि खेल मैदान निर्माण गरी युवा हरुलाई खेलकुद तर्फ आकर्षित गर्ने।
कुनै पनि शिक्षक तथा कर्मचारी राजनैतिक दलको कार्यकारी पदमा बसी सार्वजनिक कार्यक्रममा अस्वभाविक अभिव्यक्ति दिएमा कानुनी कारबाही गरिने छ।
– बिधालय हरुलाई राजनीतिक हस्तक्षेप बाट पुर्ण रुपमा मुक्त गरिने छ।
– गरीब तथा बिपन्न परिवारको सहयोग का लागि आर्थिक कोष खडा गरिने छ।
– सामाजिक, आर्थिक र भौतिक तथा सांस्कृतिक रूपमा विकास गरी नमुना बडा को आधार तयार गरिने छ। 
यहाँ हरु ले अमुल्य मत दिई मलाई बिजय बनाउनु भयो भने यहाँ हरु का सम्पूर्ण समस्या हरु सदाका लागि अन्त्य गर्न म हरसम्भव प्रयास गर्ने ।