बाँगीमा एमाले नेता चन्द्रबहादुर खड्काले भने; गठबन्धनले सबै इमान बेचे, एमालेले सबै जित्छ

गणेश खनाल
बाँगी, अर्घाखाँची । नेकपा एमाले केन्द्रीय सदस्य तथा अर्घाखाँची इन्चार्ज चन्द्रबहादुर खड्का उज्ज्वलले पाँच दलिय गठबन्धनले सबै इमान बेचेकाे बताउनुभयाे ।
निर्वाचनमा आफनाे चुनावी चिन्ह समेत बेचेर पद र प्रतिस्ठाकाे लागि पार्टीकाे चुनाव चिन्हमा नलडि  अर्काे दललाइ पार्टी सुम्पिएकाे बताउनुभयाे । 
मालारानी गाउँपालिका वाडनम्वर ५ काे बाँगीमा आयाेजित चुनावी सभालाइ सम्बाेधन गर्दै ईमाननै नभएकाे पार्टीका उम्मेदवारले देश र जनताका लागि केही नगर्ने भन्दै एमालेका जनपक्षिय उम्मेदवार विजय गराउन आग्रह गर्नुभयाे । नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्वर भुसालले जिल्लाभर एमालेकाे उत्साह जनक जित हुने बताउनुभयाे । 
कार्यक्रममा गाउँपालिका अध्यक्ष उम्मेदवार दलबहादुर भट्टराईलेले मालारानीकाे विकासमा अाफुले दिगाे ज्यान दिएर लाग्ने बताउनुभयाे । 
उपाध्यक्ष उम्मेदवार दिपा प्राेखरेलले आफनाे उर्जाशिल समयमा जनताकाे सेवामा लागेकाे बताउदै बाकी ५ वर्ष पनि जनताकाे सेवा गर्ने गरि अवसर दिन आग्रह गर्नुभयाे ।
वाडनम्वर ५ का उम्मेदवार तिलक मिश्रले बागीकाे विकास,उन्नतिकाे लागि आफ्नो उम्मेदवारी रहेकाे भन्दै जनताले साथ दिनेमा आफू विश्वस्त रहेकाे बताउनुभयाे । 
कार्यक्रममा जिल्ला सदस्य बालकृष्ण आर्चाय,एमाले बागीका नेताहरू नारायण आर्चाय,सागर खड्का लगाएले मन्तव्य राख्नुभएकाे थियाे ।

अन्य समाचारहरु