बाँगीमा काँग्रेस नेतृ निर्मला क्षेत्रीले भनिन्; मालारानीमा गठबन्धनले जित्छ, एमालेको प्रलोभनबाट जनता सचेत

अर्घाखाँची डट्कम संवाददाता 
बाँगी, अर्घाखाँची । २०७४ सालको स्थानीय तहमो निर्वाचनमा मालारानी गाउँपालिका अध्यक्ष उपाध्यक्ष  नेकपा एमालेले जित हासिल गरेको पालिकामा आउदो वैशाख ३० गते हुने निर्वाचनमा संयुक्त गठबन्धनले जित हासिल गर्ने कांग्रेस ससंदीय दल लुम्बिनी प्रदेशको सचेतक निर्मला क्षेत्रीले बताउनु भएको छ । आज मालारानी ५ बाँगीको गुरासेमा चुनावी सभामा बोल्दै क्षेत्रीले यस्तो बताउनु भएको हो । 
चुनाव नजिएकाले दुई चार दिनको लागि विभिन्न प्रलोभन देखाएर आकर्षण गर्ने प्रति जनता सचेत भएको बताउनुभयो । गठबन्धनको तर्फबाट पालिका अध्यक्ष पदम क्षेत्री र उपाध्यक्ष पदमा सोभाखर खनाल रहनु भएको छ ।उहाँले जित्ने आधार बनाइसकेको समेत बताउनु भयो ।
५ नम्बर वडामा गठबन्धनको तर्फबाट विष्णु प्रसाद आचार्य लगायतका उम्मेदवार हरु रहेकाले भारी मतका साथ जित हासिल समेत गर्ने बताउनु भयो । सबै भन्दा बढी चासोका साथ हेरिएको यस पालिकामा गठ्बन्दनका उमेदवारले जित्ने आधारहरु धेरै छन ।
 जनताको चाहाना अनुसार एमालेको नेतृत्वले काम गर्न नसकेकोले पनि गठबन्दनको नेतृत्वलाई मतदाताले रुचायको बताउनु भयो । एमालेले आफ्नो किल्ला ठानेको मालारानी गाउपालिका यसपाली गठबन्दनको नेतृत्वमा आउने ठोकुवा गर्नु भयो ।
कार्यक्रमा पाँचदलिय गठबन्धनका उमेदवार तथा नेता कार्यकर्ताको उत्साहजनक सहभागीता रहेको थियो ।

अन्य समाचारहरु