बाँगीमा माओवादी केन्द्रका नेता डिलाराम आचार्यले भने; अब एमालेलाई जनताले भोट दिदैन, गठबन्धनले भारी मतले जित्छ

अनिल नेपाली | अर्घाखाँची डट्कम संवाददाता 
बाँगी, अर्घाखाँची । बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा मालारानी गाउँपालिकामा पाँच दलिय गठबन्धनको जित सुनिश्चित रहेको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा विषेश प्रदेश समन्वय इन्चार्ज डिलाराम आचार्यले बताउनुभएको छ । 
यस अघि २०७४ सालको स्थानीय तहकाे  निर्वाचनमा मालारानी गाउँपालिका प्रमुख उपप्रमुखमा नेकपा एमालेले जित हासिल गरेर जनताको अपेक्षा अनुसार काम गर्न नसकेको बताउदै अबको चुनावमा एमालेलाई जनताले भोट नदिने दाबी गर्नुभएको छ । सनिवार मालारानी गाउँपालिकाको वडा नं. ५ बाँगीको कोण सभालाई सम्बोधन गर्दै आचार्यले यस्तो बताउनुभएको हो ।चुनाव नजिकीदै गर्दा नेकपा एमालेले जनतामाझ गलत प्रचार गर्दै हिडेको बताउदै कुनैपनि प्रलोभनमा नपर्न कार्यक्रममा मन्तव्य राख्ने नेताहरुले बताएका छन् । गठबन्धनको तर्फ बाट पालिका अध्यक्ष पदमा पदम क्षेत्री र उपाध्यक्ष पदमा सोभाखर खनालले जित्ने आधार बनाइसकेको समेत बताएका थिए ।
यस्तै नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष राम बहादुर चौहनले मालारानी गाउँपालिकाका सबै वडाहरु गठबन्धनले भारी मतले विजयी गर्ने बताउदै मालारानी ५ मा पनि गठबन्धनको तर्फ बाट विष्णु प्रसाद आचार्य लगायतका उम्मेदवारहरुले विजयी हासिल गर्ने बताउनुभयो । विष्णु आचार्य जनतााको सेवामा विगत लामो समय देखि नै निरन्तर लागेको स्मरण गराउदै अबको चुनावमा बाँगीको विकास र समृद्धिको लागि आचार्यले जित्नुपर्ने समेत बताउनुभयो ।

अन्य समाचारहरु