खनदहमा मतदातालाई पैसा बाँड्ने कांग्रेस उम्मेदवार रंगेहात फेला, निर्वाचन अधिकृतको रोहवरमा माफी दिईयो

अर्घाखाँचीडट्कम संवाददाता
खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर –३ खनदहमा निर्वाचनमा मतदातालाई प्रभावित पार्ने उदेश्यले पैसा बाडेको पाईएपछि नेपाली कांग्रेसका उम्मेदवारलाई स्थानीयले माफी मगाएका छन् ।
खनदहमा कांग्रेसकी नेतृ शान्ता खनालले आफ्ना श्रीमान् दुर्गा खनाललाई चुनाव जिताउन पैसा बाड्न थालेको अवस्थामा रंगेहात फेला पारेपछि निर्वाचन अधिकृतको रोहवरमा लिखित माफी मगाएका हुन्।
खनदहमा खनाल फेन्सिस्टोरका संचालक समेत रहेकी शान्ताले वडा अध्यक्षको उम्मेदवार बनेका आफ्ना पती दुर्गाप्रसाद खनाललाई जिताउन स्थानीय छिमेकी प्रयोग गरि पैसा बाड्न थालेको अवस्थामा भेटीएको स्थानीय सागर खनालले बताए।
स्थानियका अनुसार शान्ताले स्थानीय विष्णु होटल एण्ड रेष्टुरेन्टका संचालक विष्णु चुँदालीलाई प्रयोग गरि होटलमा खाजा खान जानेहरूलाई रुख चिन्हमा मतदान गर्न आग्रह गर्दै पैसा बाडेकी थिईन।
शनिबार विष्णु होटल एण्ड रेष्टुरेन्टमा खाजा खान गएका मालारानी–३ गोयलीका सागर चौहान र सुमन खनाललाई खाजा खाने क्रममा होटल संचालक विष्णु चुँदालीले वडा अध्यक्ष पदमा रुख चिन्हमा छाप लाउन आग्रह गर्दै नमुना मतपत्रमा बेरेर ४ हजार रुपैयाँ दिएको उनीहरुले बताए।
उनले मत माग्दै ४ हजार रुपैयाँ दिएपछि चौहान र खनालले प्रहरीमा उजुरी दिएका थिए। पैसा बाँडेको थाहा पाएपछि नेकपा एमालेका कार्यकर्ता आक्रोशित भएका थिए।
स्थीतीलाई तनावपुर्ण हुन नदिन नदिन निर्वाचन अधिकृतको रोवहरमा छलफल गरी आगामी दिनमा यस्तो गल्ती नगर्ने शर्तमा लिखित माफी मगाईएको अर्घाखांची बाट पत्रकार शोभाखर पन्थीले बताए।
नेकपा एमालेले घट्नालाई गम्भीर रुपमा लिएको एमाले मालारानी पालिका कमिटीका उपाध्यक्ष विष्णु मिश्रले बताए।

अन्य समाचारहरु