मालारानी ९ गोखुंगामा गठबन्धन माओवादी केन्द्रका उम्मेदवार महेन्द्र खनाल बिजयी

हरि कुँवर , अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका- ९ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका महेन्द्र खनाल विजयी  भएका छन् ।
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका- ९ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका महेन्द्र खनाल ९३६ मत लिएर प्यान विजयी भएका छन् ।
निकटतम प्रतिस्पर्धी एमालेका विष्णुप्रसाद पौडेललाई ३७० मतले पछाडि पार्दै खनाल वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।एमालेको ३३९ मत आउँदा गठबंधनको ५९४ मत आएको थियो । 
वडा नम्बर ९ को मतगणना पालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका पदम क्षेत्रीले ९४८ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका दलबहादुर भट्टराईले ५१० मत प्राप्त गरेका छन् ।
यसैगरी उपाध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका शोभाखर खनालले ८४३ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार दिपा पोख्रेलले ५५१ मत प्राप्त गरेकि छन् ।

अन्य समाचारहरु