मालारानी – ८ मा एमालेका नरेन्द्र बस्नेतको प्यानल विजयी

हरि कुँवर, अर्घाखाँची 
अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका – ८ को वडाअध्यमा एमालेका नरेन्द्र बस्नेत  ७०९ मत ल्याएर विजयी भएका छन् । 
वडाअध्यमा एमालेका उम्मेदवार नरेन्द्र कुमार बस्नेतले ७०९ मत सहित पदमा पन्थी, सुमित्रा परियार, मित्रबहादुर विश्वकर्मा र बलबहादुर हाैजाली प्यानल विजयी भएको छ । 
यसैगरी गठबन्दन्को तर्फबाट पुर्ण बहादुर बिस्टले  ४३५ मत प्राप्त गरेका थिए । उक्त वडामा सुर्य चिन्हबाट पालिका अध्यक्षमा ५६६ गठबंधन को ५६३ , उपाध्यक्षमा सुर्य चिन्हमा  ६४२ , गठबंधन  ४७२ मत प्राप्त भएको हो ।
मालारानी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार पदम क्षेत्री (माओवादी केन्द्र – गठबंधन ) अगाडि छ्न । एमालेको तर्फबाट  उपाध्यक्ष दिपा पोख्रेल अगाडि छिन ।

अन्य समाचारहरु