मालारानीमा माओवादी केन्द्रका पदम क्षेत्रीको अग्रता

अर्घाखाँचीडट्कम संवाददाता 
अर्घाखाँचीको मालारानी गाउँपालिकामा गठबन्धबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) नेता पदम क्षेत्री अग्रता कायम गरेका छन्। हाल ९ वटा वडामध्ये ६ वटाको मतगणना सकिँदा उनले अग्रता कायम गरेका हुन्।
६ वटा वडाको मत परिणाम आउँदा माओवादीका पदम क्षेत्रीको ३ हजार ६८ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का दलबहादुर भट्टराईले २ हजार ९ सय ४९ मत प्राप्त गरेका छन्।
६ वटा वडामध्ये ४ वटामा एमालेले विजय हासिल गरेको छ। भने, २ वटामा माओवादीका उम्मेदवार विजयी भएका छन्। वडामा एमालेले अग्रता कायम गर्दा माओवादीका क्षेत्रीले बढी मत प्राप्त गरेका छन्। यसरी यसअघि एमालेले जितेको यस गाउँपालिकामा माओवादीले जित्ने सम्भावना बढी देखिएको छ।