मालारानी गाउँपालिका- ३ मा एमालेका डण्डपानी पोख्रेलको प्यानल विजयी

हरि कुँवर,  अर्घाखाँचीडट्कम संवाददाता 
मालारानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका- ३ बाट वडाअध्यमा एमालेका डण्डपानी  पोख्रेलको प्यानल विजयी भएको छ । 
 

वडाअध्यमा एमालेका उम्मेदवार डण्डपाणि पोख्रेलले १४०८ मत सहित सरस्वती खनाल , रेमकला बिक, कमल केसी, कुलप्रसाद खनाल विजयी भएका हुन ।

यसैगरी गठबंधनको तर्फबाट दुर्गा खनाल ( काङ्ग्रेस ) ९७२ मत प्राप्त गरेका थिए ।

मालारानी गाउँपालिकामा एमालेका दलबहादुर भट्टराई र उपाध्यक्ष दिपा पोख्रेलले अग्रता लिइरहेका छन् ।

समृद्ध मालारानी निर्माणका लागि पालिकामा एमालेकाे जित सुनिश्चित भएको एमाले मालारानीका एक नेताले बताए ।