मालारानीमा गठबन्धनलाई हराउँदै एमाले विजयी (विजयी यात्रा फोटो फिचर)

हरि कुँवर
मालारानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी भएको छ ।
पालिका अध्यक्ष उपाध्यक्षमा एमालेले जितेको छ । अध्यक्ष दल ब. भट्टराईले ८२८३ मत ल्याएका छ्न भने उपाध्यक्ष दिपा पोख्रेलले ८१५५ मत ल्याएर विजयी भएका हुन ।
मालारानी- ५ बाट वडा अध्यक्षमा एमालेका तिलक मिश्रको प्यानल विजयी भएको छ । वडाअध्यमा एमालेका उम्मेदवार तिलक मिश्र १४२० मत सहित हुम ब. महत ,ऋषि पन्थी, मधु खनाल र अनिता विक विजयी भएका हुन ।
यसैगरी गठबंधनको तर्फबाट बिष्णु प्रसाद आचार्यले ११४६ मत ल्याएका हुन । २०७४ सालको निर्वाचन १८ मत लिएर हारेका मिश्र अहिले बाँगीमा जिते पछि कार्यकर्ता निकै उत्साहित भएका छ्न ।
मालारानीका ९ वडा मध्य २,९ बाहेक सबै वडा एमाले ले जितेको छ।

अन्य समाचारहरु