बाँगी भण्डारका १८ वर्षिय राहुल बस्नेतको दिल्लीमा ग्यास पड्किएर मृत्यु

हरि कुँवर
बाँगी, अर्घाखाँची । दिल्लीमा सिलिन्डर ग्यास पड्किएर  एक युवक को मृत्यु भएको छ । मालारानी-५ बाँगी भण्डारका राहुल बस्नेतको भारतको दिल्लीमा निधन भएको छ ।
बाँगी भण्डार चाकल ढुङ्गा निवासी टोपबहादुर बस्नेतको नाति पिताम्बर बस्नेत को जेठो छोरा राहुल बस्नेत को बैशाख २७ गते १८ वर्षको उमेरमा उपचारको क्रममा मृत्यु भएको हो ।
 दिल्ली काम गर्ने क्रममा सिलिन्डर ग्यास पड्किएर बस्नेत लगाएत ६ जनाको मृत्यु भएको थियो ।

अन्य समाचारहरु