प्यूठानको गौमुखी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गिरिकी गर्लफ्रेन्डलाई कालोमोसो दलियो

अर्घाखाँचीडट्कम संवाददाता 
प्यूठान । प्यूठानमा गाउँपाललिका अध्यक्षको विजय र्‍यालीमा गल्फ्रेन्डमाथि कालोमोसो दलिएको छ ।
प्यूठानको गौमुखी गाउँपालिकाका  नवनिर्वाचित अध्यक्ष एवंम नेपाली काङ्ग्रेस प्युठानका सभापति  विष्णु गिरिकी गर्लफ्रेन्डलाई कालोमोसो दलिएको छ । गिरि दोस्रो पटक अध्यक्षमा निर्वाचित भएपछि निकालिएको गठबन्धनको विजय र्‍यालीमा यसो गरिएको हो । विष्णु गिरिकी गर्लफ्रेन्ड अस्मिता बुढाथोकीलाई मतगणनाका क्रममा सयौं जनताको अगाडि पनि कालोमोसो दलिएको थियो । उनलाई कालोमोसो दल्ने अरू कोही नभएर स्वयं विष्णु गिरिका दुई छोरीहरू हुन् ।
 
    वैधानिक रूपमा आफ्नी आमासँग सम्बन्ध विच्छेद नहुँदै खुलेयाम सँगसँगै बस्ने, खाने, हिंड्ने गरेको र आफ्नी आमालाई हेरचाह नगरि बेवास्ता गरेकोले असह्य भएर कालोमोसो दलेको छोरीहरूको आक्रोश छ । अघिल्लो वर्ष पत्नीले गिरिलाई बहुविवाहको मुद्दामा निवेदन दिएपनि सरकारी वकिलको कार्यलयले प्रमाण नपुगेको भन्दै निवेदन दर्ता गरेको थिएन । 
गिरि दुई हप्ता भन्दा बढि वहुविवाहको आरोपमा हिरासतमा बसेर छुटेका थिए । त्यसपछि परिवारको आक्रोश चुलिँदै गएको छ । गिरिले डिभोर्स र सम्पत्ति दिन नचाहेको र उल्टै केटि घुमाउँदै गाउपालिकाको अध्यक्ष जस्तो गरिमामय पदमा बसेको नेपाली काङ्ग्रेस प्युठानको सभापति समेत भएको प्रतिष्ठित व्यक्तिले आफ्नो परिवारको ईज्जत माथी खेलवाड गर्दै हिंडेको आरोप सार्वजनिक रूपमा परिवारले लगाउँदै आएको छ ।

अन्य समाचारहरु