बाँगीको श्री शान्ति मावि आरुखोरमा कक्षा १२ का विद्यार्थीहरुलाई विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न (तस्बिरहरु)

जय बहादुर रोकाय
बाँगी, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका-५ बाँगी अवस्थित श्री शान्ति माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा कक्षा १२ मा अध्यनरत विद्यार्थीहरुलाई विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । 
कक्षा ११ मा प्राविधिक धार तथा साधारण धार तर्फ अध्यापानरत विद्यार्थीहरु को सयुक्त आयोजनामा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको हो ।
 कार्यक्रममा बोल्दै विद्यालयका प्र.अ मान बहादुर पाण्डेले कार्यक्रम आयोजना गरेरको कक्षा ११ का विद्यार्थीहरुलाई धन्यवाद दिदै कक्षा १२ का विद्यार्थीहरुलाई अग्रिम बधाई तथा शुभकामना प्रदान गर्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा सहायक प्र. अ माधव प्रसाद पन्थी, तारा प्रसाद भुसाल, प्राविधिक धार तर्फका सयोजक इन्जिनियर जीवन खनाल, शिक्षक धनिराम भुसाल लगायलतले मन्तव्य राख्नु भएको थियो ।
विद्यालयको प्राङ्गणमा सम्पन्न भएको कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम गरी विदाइ तथा शुभकामना कार्यक्रम सम्पन्न  गरिएको हो ।  कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुलाई फुलमाला तथा अविर लागई आउदै गरेको कक्षा १२ को परिक्षा र उज्ज्वल  भविष्यको कामना प्रदान गरिएको थियो । । कार्यक्रममा विद्यालयका प्र.अ मान बहादुर पान्डे, सहायक प्रधानाध्यापकहरु  तारा प्रसाद भुसाल , प्राविधिक धार तर्फका सयोजक जीवन खनाल लगायत सम्पूर्ण शिक्षक कर्मचारी तथा विद्यार्थीहरुको सहभागिता तथा उपस्तिथि रहेको थियो  ।
कार्यक्रम विद्यालयका प्रधानाध्यापक मान बहादुर पाण्डेको अध्यक्षता, कक्षा ११ माअध्ययनरत विद्यार्थी मौसम रिजालको संचालनमा सम्पन्न भएको विद्यालयका प्राविधिक धार तर्फका सव इन्जिनियर जय बहादुर रोकायले जानकारी दिनु भयो ।

अन्य समाचारहरु