बाँकेको कोहलपुरमा भारतीय नम्बर प्लेटको ट्रकले अटोलाई ठक्कर दिदाँ एक जनाको मृत्यु

अर्घाखाँचीडट्कम संवाददाता 
बाँके । बाँकेको कोहलपुरमा भारतीय नम्बर प्लेटको ट्रकले अटोलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । 
कोहलपुरको पिपल चौतारा अगाडि भारतीय ट्रकले भे १ च ४९४१ नम्बरको अटोलाई पछाडीबाट ठक्कर दिएको थियो ।
 दुर्घटनामा परेर गम्भीर घाइते भएका कोहलपुर १३ का अटो चालक २९ वर्षिय रामसेवक थारुको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।

अन्य समाचारहरु