औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउने नेपाली कामदारलाई पनि विभिन्न छूट दिने

काठमाडौं । सरकारले औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउने नेपाली कामदारलाई पनि विभिन्न छूट दिने भएको छ । 
रेमिट्यान्स पठाउने व्यक्तिलाई पनि छूट, कहाँ – कहाँ पाइन्छ छूट ? 
त्यस्ता व्यक्तिलाई राहदानी नविकरण, श्रम स्वीकृति नविकरण गर्दा लाग्ने शुल्कमा ५० प्रतिशत छूट दिने भएको हो । अर्थमन्त्री जनार्दन शर्माले आइतवार सो बराबरको बजेट संसदमा प्रस्तुत गरेका हुन् । 
अवैध बाटो बाट रेमिट्यान्स भित्रीएको भन्दै  व्यवस्थित र बैंकिङ च्यानलबाट आउने व्यवस्था हुनु पर्ने माग उठ्दै आएको थियो ।