कपिलवस्तुको महाराजगंज- ७ वडाध्यक्ष रामरूप बढईद्वारा पदभार ग्रहण

सागर मरासिनी 
कृष्णनगर, जेष्ठ १६ – कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका नव निर्वाचित वडा नं ७ वडाध्यक्ष रामरूप बढई   सोमवार वडा कार्यालय पुगेर  पदभार ग्रहण गरेका छन् l उहाँ लाई वडाका कर्मचारीले स्वागत गरेका थिएl
नगर उप प्रमुख लगायत वडाध्यक्ष तथा सदस्य लाई एक कार्यक्रमका बिच  सपथ ग्रहण गरे पछि वडाध्यक्ष रामरूप बढईले पदभार ग्रहण गरेका छन् l रामरूप बढई जनता प्रगतिशील पार्टी नेपाल बाट वडाध्यक्ष पदमा उमेदवारी दिई स्थानीय तह महाराजगंजको वडा नं  ७ वडाध्यक्षमा विजयी भएका हुन् l 
वडा कार्यालयको प्रांगणमा भव्य कार्यक्रमको प्रमुख अतिथि अतिथि परमेश्वरी दयाल मिश्रले वडाध्यक्ष रामरूप बढई लाई खादा माला लगाई स्वागर गरेका थिए l कार्यक्रममा वडावासि को बाक्लो उपस्थित रहेको थियो । 

अन्य समाचारहरु