हंसपुरको बामरुकमा ७ बर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

२०७९ ज्येष्ठ १६, सोमवार मा प्रकासित

२०७९ ज्येष्ठ १६, सोमवारमा प्रकासित
अर्घाखाँचीडट्कम संवाददाता 
हंसपुर, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–७  हंसपुरको बामरुकमा ७ बर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना  पक्राउ परेका छन् ।
 हंसपुरको बामरुक निवासी ३५ वर्षीय कमल महतलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार महतले बालिकालाई फकाएर पसलमा मिठाई किनिदिएर नजिकैको गोठमा लगी शुक्रबार बलात्कार गरेका  थिए ।
 प्रहरी निरीक्षक शंकर खड्काका अनुसार आरोपित महतलाई अहिले नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको छ ।

अन्य समाचारहरु