बाँगीका जिब्रोमा क्यान्सर पीडित पाण्डेले सहयोग पाएनन्, बचाईदिन परिवारको अपिल

हरि कुँवर
बाँगी, अर्घाखाँची । जिब्रोमा क्यान्सर भएपछी पाण्डेले आफुलाई आर्थिक सहयोगको लागि अपिल गरेका छ्न ।
अर्घाखाँची जिल्लाको  मालारानी गाउँपालिका -५ बाँगी आरुखोर निबासी ३५ बर्षिय बिष्णु पाण्डे तीन महिना अघि रोजगारीको शिलशिलामा साउदी पुगेका थिए । एक्कासि जिब्रोमा सानो घाउ पछि क्यान्सर भएको साउदी अस्पतालले बताएको थियो ।
आर्थिक अवस्था कम्जोर भएका पीडित पाण्डे तीन महिना नबित्दै नेपाल फर्किएर चितवनको बि पि कोइराला क्यान्सर अस्पतालमा उपचार छन ।
वि.पि.कोइराला मेमोरियल क्यान्सर हस्पिटल भरतपुर चितवनमा भर्ना भई अहिलेसम्म अन्दाजी ५ लाख खर्च भैसकेको बताएका छ्न ।
पाण्डेका एक छोरा एक छोरी श्रीमती भएको स्थानीय नेत्र आचार्यले जानकारी दिए ।

अन्य समाचारहरु