मालारानी ५ का नयाँ वडाअध्यक्ष मिश्रले भने; बाँगी स्वास्थ्य चौकीमा कुनै औषधी अभाव हुन दिन्न

हरि कुँवर 
बाँगी, अर्घाखाँची । नवनिर्वाचित वार्ड अध्यक्ष तिलक मिश्रले बाँगीमा अति आवस्यक औषधी अभाव हुन नदिने बताएका छन । मालारानी ५ बाँगी स्वास्थ्य चौकीद्वारा नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
महिला स्वास्थ स्वयम सेवीका तथा स्वास्थ्य चौकी बाँगीले नवनिर्वाचित जन प्रतिनिधी सम्मान कार्यक्रममा बोल्दै वडा अध्यक्ष तिलक मिश्रले स्वास्थ चौकी बाँगीमा अति आवस्यक औषधि अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन । उनले हप्ताको दुई पटक औषधि सहित मेडिकल डाक्टर वडामा ल्याउने बताए । नवनिर्वाचित वडा अध्यक्ष मिश्रले बाँगीमा मेडिकल ल्यापको व्यवस्था समेत गर्ने बताएका हुन । स्वास्थ्य चौकीलाई गुणस्तरीययुक्त बनाउन सम्पुर्णको सहकार्य आवश्यकता रहेको बताएका हुन ।
सम्मान कार्यक्रको अध्यक्षता बाँगी स्वास्थ्य चौकी इन्चार्ज जयलाल पन्थी तथा स्वागत मन्तव्य झवीलाल पन्थीको रहेको थियो । 
वडा सचिव दिलीप आर्चाय वडासदस्य मधु खनाल वडा सदस्य हुम वहादुर महत रिषी पंथी अनिता विक र समाज सेवी राजेन्द्र पन्थी लगाएत को उपस्थिति रहेको कार्यक्रम सावित्रा खड्काको संचालनमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु