मालारानी गाउँपालिकाले ४७ करोड रुपैंया बजेट पायो

अर्घाखाँचीडट्कम संवाददाता 
मालारानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाले ४७ करोड रुपैंया बजेट प्राप्त गरेको छ ।  
मालारानी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४७ करोड रुपैंया बजेट प्राप्त गरेको हो । 
उता आर्थिक वर्ष २०७९/०८० का लागी अर्घाखाँचीले ३ अर्ब भन्दा बढी बजेट पाएको छ । आगामी आर्थीक वर्षका लागी अर्घाखाँची जिल्लाले चालु तर्फ २ अरब ६१ कराेड ७५ लाख र पुंजिगत तर्फ ४७ कराेड १४ लाख गरी कुल ३ अर्ब ८ करोड ८९ लाख बजेट पाएको हो ।
जिल्लाको सदरमुकाम रहेको सन्धिखर्क नगरपालिकाले आगामी आर्थिक वर्षका लागी ६८ करोड ३८ लाख बजेट प्राप्त गरेको छ । यस्तै शितगंगा नगरपालिकाले ५६ करोड ४० लाख तथा भुमिकास्थान नगरपालिकाले ४८ करोड ७२ लाख रुपैंया बजेट प्राप्त गरेका छन् । यस्तै गाउँपालिकाहरुमा छत्रदेव गाउँपालिकाले ३९ करोड ५७ लाख बजेट पाएको छ । पाणिनी गाउँपालिकाले ४८ करोड ८२ लाख  बजेट पाएको छ ।
गत जेठ १५ गते नेपाल सरकारले आगामी आर्थीक वर्ष २०७९/०८० का लागी बजेट ल्याएको थियो । सोही बजेट प्रदेश तथा स्थानियतहहरुलाई बाँडफाँट गरेको हो ।

अन्य समाचारहरु