गोखुङ्गाको काफलनेटीमा खानेपानीको हाहाकार, ४० घर परिवारको विजोग

हरि कुँवर
गोखुङ्गा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका- ९ गोखुङ्गा काफलनेटीमा खानेपानीको हाहाकार भएको छ ।
मालारानी गाउँपालिका- ९ गोखुङ्गा वडामा जम्मा ५५० घरधुरी छन् । वडामा जम्मा ३२७० जनसंख्या रहेको छ जसमा १४१० पुरुष र १८६० महिला रहेका छन् । विगत १० दिन देखि पिउने नआउँदा ४० घर परिवारको विजोग भएको छ । काफलनेटीमा धेरै जस्तो पन्थी परिवार रहेका छ्न ।
बिहानको ४ बजे उठेर पँधेरोमा पानी भर्न जान्छौं बिहान सात आठ बजेसम्म कुर्दा पनि एक गाग्रो पानी भर्न मुश्किल हुन्छ पानी आउदैन स्थानीय वासुदेव पन्थी बताउछन् ।
बस्तीमा रहेका हरेक घरमा एक–एक धारा छ्न तर पानी आउदैन । नियमित रूपमा पैसा तिरेका छौ । महिना सकिए पछि पानी नै प्रयोग नगरे पनि रु १ सय तिर्नै पर्ने यहाँको नियम छ । जनप्रतिनिधि लाई पटकपटक भनेयौ सुन्दैन्न लिफ्ट खाने पानी योजना अगाडि सारिएको छ पानी आउदैन बिल भनेर तिरेका छौ उनि बताउछन् ।
यता वडा अध्यक्ष महेन्द्र बाबू खनालले गोखुङ्गाको धेरै ठाउँमा विभिन्न कारणले खानेपानीको समस्या देखिएको बताए । दुई चार दिनमै समस्याको समाधान हुने बताएका छ्न ।

अन्य समाचारहरु