रुपन्देहीको भैरहवा–परासी सडक खण्डको रोहिणी खोलामा बस खस्दा ९ जनाको मृत्यु

रूपन्देहीको रोहिणीमा आइतबार बिहानै भएको यात्रुबाहक बस दुर्घटनामा परी मृत्यु भएका नौ जनामध्ये आठ जनाको पहिचान खुलेको छ।
जनकपुरबाट बुटवल आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुबाहक बस आइतबार बिहान ४ः२० बजे भैरहवा-परासी सडकखण्ड अन्तर्गत रोहिणी गाउँपालिका-३ र ओमसतिया गाउँपालिका-४ को सीमानास्थित पुलबाट रोहिणी नदीमा खस्दा ९ जनाको मृत्यु भएको थियो। 
मृतकमध्ये एकजना पुरूषको भने सनाखत हुन सकेको छैन।
सनाखत हुनेहरूमा रूपन्देहीको तिलोत्तमा-२ योगिकुटीका ५६ वर्षीया बिष्णु पौडेल, वडा नम्बर ८ कि ३७ वर्षीय तुल्सी पौडेल, बुटवल ११ कालिकानगरका ४८ वर्षीय कृष्णप्रसाद बस्याल, ओमसतिया गाउँपालिका-४ मटेरियाका राजेन्द्रप्रसाद पाण्डे रहेका छन्।
त्यस्तै रौतहटका २० वर्षीया दिनेश दास तथा भारत घर भएका नागेन्द्र शर्मा, अरबिन्द्र शर्मा र सन्जय गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए।
बसमा दुईजना चालक र एकजना सहचालक सहित ३३ जना सवार थिए। जसमा २५ जना पुरूष, ६ महिला र दुई बालिका थिए।
बसमा सवार ९ जनाको मृत्यु भएको छ भने २४ जना घाइते छन्। घाइते सबैको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर छ। सेतोपाटीमा समाचार छ । 

अन्य समाचारहरु