बाँके र बर्दियाको सीमामा १६ वर्षिया किशोरीमाथि सामूहिक बलात्कार, ७ जना पक्राउ


अर्घाखाँचीडट्कम संवाददाता
 
बाँके । बाँके र बर्दियाको सीमामा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । 
बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमध्ये पाँच जना बलात्कारमा संलग्न र दुई जना मतियार रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका– ८ का हेमराज थारु, विक्रान्त थारु, निराजन थारु, प्रविण थारु, राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारु रहेका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताउनुभयो । 
फेसबुकबाट चिनजान र प्रेम सम्बन्धमा रहेका युवक हेमराज थारुले जन्मदिन मनाउन बोलाएपछि राप्तीसोनारी गाउँपालिकाकी १६ वर्षकी किशोरी बाँके र बर्दिया जिल्लाको सिमानामा पर्ने मानखोलाको जंगलमा पुग्दा मदिरा सेवन गराएर किशोरी माथि सामूहिक बलात्कार भएको उपरीक्षक न्यौपानेले बताउनुभयो ।

अन्य समाचारहरु