मालारानीमा रेडक्रसद्वारा पालिका स्तरीय अभिमुखीकरण सम्पन्न

आशिस विक
मालारानी । मालारानी गाउँपालिकामा नेपाल रेडक्रस सोसाइटीको पालिका स्तरीय अभिमुखीकरण सम्पन्न भएको छ । 
नेपाल रेडक्रस सोसाइटीको सहकार्य तथा स्वीस रेडक्रस र ब्रिटीस रेडक्रस आर्थिक सहयोगमा संचालन हुने सामुदायिक स्वास्थ्यकालागि एकीकृत पहल परीयोजनाको पालिका स्तरीय अभिमुखीकरण नेपाल रेडक्रस सोसाइटी अर्घाखाँचीका सभापती कुशल भुसालको अध्यक्षतामा संचालन भएको कार्यशालामा प्रमुख अतिथी मालारानी गाउँपालिका अध्यक्ष  दल बहादुर भट्टराई र विशिष्ट अतिथीको रुपमा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश शाखाका अध्यक्ष शम्भु प्रसाद पोखरेल र गाउँपालिकाका उपाध्यक्षय  दीपा पोखरेल रहनु भएको थियो । उक्त अभिमुखीकरण कार्यशाला मालारानी गाउँपालिकाको सभा हलमा सम्पन्न भएको थियो ।
   कार्यशालामा उपस्थित सहभागिहरुलाई स्वागत मन्तब्य ब्यक्त गर्नुका साथै कार्यशालाको उद्देश्यबारे प्रकाश नेरेसो अर्घाखाची जिल्ला शाखाका मन्त्री चन्द्र बन्जाडेले गर्नु भएको थियो । 
उक्त कार्यक्रममा लुम्बिनी प्रदेश शाखाका उप–कार्यक्रम निर्देशक राजकुमार क्षेत्रीले परीयोजनाका अपेक्षित उपलब्धिहरु, प्रस्तावित गतिविधीहरु, लक्ष्य, विनीयोजित बजेट का बारेमा अभिमुखीकरण  र जानकारी गर्नृ का साथै आएका जिज्ञासाहरु प्रष्ट पार्नु भएको थियो ।
 
अभिमुखीकरण कार्यशालाका विशिष्ट अतिथीहरुले परियोजनाले अति सान्र्दर्भिक गतिविधिहरु प्रस्ताव गरेको र यस परियोजना सफल पार्न सबै वडाकार्यालय तथा समुदाय स्थित संजालहरुको पनि सक्रिय सहभागीता रहनु पर्ने सुझाव ब्यक्त गर्नु भएको थियो । मन्तब्यको क्रममा प्रमुख अतिथीको रुपमा रहनुभएको गाउँपालिका अध्यक्ष  दल बहादुर भट्टराईले यस परियोजनाका लागि सहकार्य गर्न आएको नेपाल रेडक्रस सोसाइटीलाई विषेश धन्यवाद दिदै यस परियोजनाले राखेको उद्देश्यहरुलाई प्राप्त गर्न गाउँपालिकाको तर्फबाट पूर्ण सहयोग र सहकार्य रहने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको थियो । 
नेरेसो अर्घाखाची जिल्ला शाखाका सदस्य विष्णु पराजुलिद्धारा संचालित कार्यक्रममा कार्यशालाका सभाध्यक्ष नेरेसो अर्घाखाची जिल्ला शाखाका सभापति  कुशल भुसालले सबै सहभागिहरुलाई धन्यवाद दिदै कार्यशालाको समापन गर्नु भएको थियो ।

अन्य समाचारहरु