खनदहमा रेडक्रसद्वारा पुनः प्रयोगजन्य स्यानीटरी प्याड र कपडाबाट निर्मित माक्स बनाउने तालिम सम्पन्न

आशिस विक
खनदह (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी – ३ खनदहमा रेडक्रसद्वारा पुनःप्रयोगजन्य स्यानीटरी प्याड तथा कपडाबाट निर्मित माक्स बनाउने तालिम सम्पन्न भएको छ । 
खनदहमा रेडक्रसद्वारा पुनःप्रयोगजन्य स्यानीटरी प्याड तथा कपडाबाट निर्मित माक्स बनाउने तालिम सम्पन्न भएको हो । 
नेपाल रेडक्रस सोसाइटीको सहकार्य र रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (क्ष्ँच्ऋ) को आर्थिक सहयोगमा पुनःप्रयोगजन्य स्यानीटरी प्याड तथा कपडाबाट निर्मित माक्स बनाउने तालिम नेपाल रेडक्रस सोसाइटी अर्घाखाँचीका सभापती   कुशल भुसालको अध्यक्षतामा संचालन भएको थियो । 
उक्त तालिममा प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी अर्घाखाँची जिल्ला शाखाका मन्त्री   चन्द्र बन्जाडे रहनु भएको थियो । तालिम मालारानी गाउँपालिकाको सभा हलमा सम्पन्न भएको थियो ।
 
उक्त तालिमको उद्घाटन नेपाल रेडक्रस सोसाइटी अर्घाखाँचीका सभापती   कुशल भुसालले विरुवामा पानी राखेर गर्नु भएको थियो र तालिममा उपस्थित सहभागिहरुलाई स्वागत मन्तब्य ब्यक्त गर्नुका साथै तालिमको उद्देश्यबारे प्रकाश नेरेसो अर्घाखाची जिल्ला शाखाका मन्त्री श्री चन्द्र बन्जाडेले गर्नु भएको थियो र कार्यक्रम संचालन नेरेसो जिल्ला शाखाका सदस्य  विष्णु पराजुलिले गर्नु भएको थियो ।
तालिमको सहजिकरण लुम्बिनी शाखाका वास अधिकृत  शंकर भट्टराई, कोभिड–१९ पुर्वतयारी तथा प्रतिकार्य संचालन परियोजनाका फोकल पर्सन  बिवेक पोखरेल र मालारानी–३ का  चन्द्र परियारले गर्नु भएको थियो । 
तालिमका सहभागीहरुले पुनःप्रयोगजन्य स्यानीटरी प्याड र कपडाबाट निर्मित माक्स बनाउनुका साथै आगामी दिनहरुमा यो कार्यलाई निरन्तरता दिनु साथै विभिन्न निकायहरुसंग समन्वय गरि स्थानीय स्तरमै कपडाको पुनःप्रयोगजन्य प्याड र माक्स बनाउने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको थियो । 
तालिमको अन्त्यमा पुनःप्रयोगजन्य स्यानीटरी प्याड र कपडाको माक्सकालागि आवश्यक पर्ने सामग्रीहरुको लागतका बारे छलफल गरी आ–आफ्नो ब्यवसायीक योजना प्रस्तुत गर्नु भएको थियो । नेरेसो अर्घाखाची जिल्ला शाखाका सदस्य  विष्णु पराजुलीले सबै सहभागिहरुलाई धन्यवाद दिदै तालिमको समापन गर्नु भएको थियो ।

अन्य समाचारहरु