माधव खनाल
पाल्पा । जिल्ला समन्वय समिति पाल्पाको प्रमुखसहित सबै पदमा नेकपा एमाले को प्यानल नै विजयी भएको छ।
जिल्ला समन्वय समिति पाल्पाको नयाँ नेतृत्व चयनका लागि शुक्रबार भएको निर्वाचनमा प्रमुख पदमा टंकनाथ खनाल र उपप्रमुख मा कासिका गैरे सहित सबै सदस्य पदमा नेकपा एमाले विजयी भएको हो ।
गठबन्धन का उमेदवार यमलाल तिमिल्सिना लाई २ मतान्तरले पछि पार्दै खनाल विजयी भएका हुन् । उपप्रमुखमा गैरे पनि २मतान्तरले नै विजयी भएकि हुन् ।
त्यस्तै सदस्यमा एमाले को तर्फबाट बसन्ता ज्ञवाली,केशमाया सुनार,बिष्णु घिमिरे,केशवराज खराल,भविशरा सारु,रितमाया श्रेष्ठ र प्रताप सिंह थापा विजयी भएका छन् ।
पाल्पा जिल्ला समन्वयको निर्वाचनका लागि २० जना मतदाता रहेका थिए । १० स्थानीय तहका प्रमुख/अध्यक्ष एवम् उप-प्रमुख/उपाध्यक्षले मतदान गरेका थिए ।