खनदहमा एमाले मालारानीकाे पुर्ण बैठक सम्पन्न | शुसासन कायम गरि काम गर्न जनप्रतिनिधिलाई क्षेत्रीकाे आग्रह

गणेश खनाल
खनदह । नेकपा एमाले मालारानी गाउँपालिकाकाे पुर्ण बैठक खनदहमा सम्पन्न भएकाे छ ।
 
बैठकमा प्रमुख अतिथि तथा केन्द्रीय सल्लाहकार परिषद सदस्य नरेन्द्र कुमार क्षेत्रिले शुसासन कायम काम गर्न जनताकाे पक्षमा काम गर्न आग्रह गर्नुभयाे । 
पार्टी र जनप्रतिनिधि विच समन्वय गरि अगाडि बढ्न एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई आग्रह गर्नुभयाे । 
बैठकमा नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा मालारानी गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराईले जनताकाे आवश्यकतामा आधारमा विकास निर्माणका काम गरिने बताउनुभयाे । 
असार १० गते आउने बजेटबाट अधिकाम्स मालारानि गाउँपालिका जनतालाई उत्साहित हुने गरि बजेट ल्याउने अध्यक्ष भट्टराईकाे भनाइ रहेकाे छ । 
मालारानी गाउँपालिका इन्चार्ज तथा मालारानी वाडनम्वर ५ का अध्यक्ष तिलक मिश्रले दिर्घ राेगिलाइ दिने अाेषधि दिने गरि काम अगाडि बढेकाे बताउदै भदाै महिनाबाट वितरण हुने मिश्रले बताउनुभयाे । 
बैठकमा जिल्लाकाे सर्कुलर जिल्ला पार्टी कार्यालय सचिव लिलबहादुर विकले वाचन गर्नुभएकाे थियाे । बैठकमा वाडगत रिपोर्टिङ समेत गरिएकाे थियाे । 
गाउँपालिका अध्यक्ष सालिकराम आर्चायकाे अध्यक्षता,उपाध्यक्ष विष्णुप्रसाद मिश्रकाे सञ्चालन र उपसचिव दिपा प्राेखरेलकाे स्वागत मन्तव्यमा सम्पन्न बैठकले निर्वाचनकाे समिक्षा,आगामी याेजनाका बारेमा समेत निर्णय गरेकाे जनाइएकाे छ ।

अन्य समाचारहरु