बाँगीमा एमाले गाउँकमिटीकाे बैठक सम्पन्न | चुनावका बेला जनतासग बाचा पूरा गर्छाैं: मिश्र, मालारानी प्रवक्ता

गणेश खनाल
बाँगी । नेकपा एमाले बाँगी गाउँकमिटीकाे बैठक सम्पन्न भएकाे छ । बैठकमा मन्तव्य राख्दै नेकपा एमाले मालारानी गाउँपालिका इन्चार्ज तथा मालारानी गाउपालिका प्रवत्ता तिलक मिश्रले जनताका हित हुने गरि विकास याेजना छनाेट गरिने बताउनुभयो । 
मालारानी गाउँपालिका वाडनम्वर ५ का अध्यक्ष समेत रहनु भएका मिश्रले चुनावका बेला जनतासग गरेका सबै बाचा ५ वर्षमा पूरा गर्ने प्रतिवद्वता जाहेर गर्नुभयाे । 
नेकपा एमाले वाड कमिटीका अध्यक्ष केआर बस्नेतकाे अध्यक्षता र सचिव विष्णु पन्थीकाे सञ्चालनमा सम्पन्न कार्यक्रममा मालारानी गाउँपालिका सहईन्चाज मुनाल खड्काले मन्तव्य राख्नुभएकाे थियाे । 
बैठकमा टाेल कमिटीका अध्यक्षहरूले रिपोर्ट प्रस्तुत गर्नुभएकाे थियाे ।

अन्य समाचारहरु