डाँडाकटेरीमा श्रीमानले घाँटी थिंचेर श्रीमतीको हत्या गरे

अर्घाखाँचीडट्कम संवाददाता 
अर्घातोष – अर्घाखाँची जिल्लाको  मालारानी गाउँपालिका वडा नम्बर–२, डाँडाकटेरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
डाँडाकटेरी निवासी कमल भुसालले आफ्नी श्रीमती २७ वर्षिय सरु भट्टराई भुसालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ
दिउँसोको समयमा भुसालले श्रीमतीलाई ललाईफकाई शाहीटोल जंगलमा घाँस काट्न लगेको र एक्लै भएको मौका छोपी गम्छाले घाँटी थिंचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए
। श्रीमतीको हत्या गरी सेउलाले ढाकछोप गरेर उनी ईलाका प्रहरी कार्यालय खनमा आत्मसमर्पण गर्न पुगेका थिए ।
भुसाललाई पक्राउ गरिएको र हत्याको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

अन्य समाचारहरु