बाँगीको आरुखोरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

हरि कुँवर 
बाँगी, अर्घाखाँची । नवदिप युवा क्लवको आयोजनामा एक दिने नि: शुल्क स्वास्थ्य शिविर मालारानी- ५ बाँगी आरुखोरमा सम्पन्न भएको छ।
मालारानी गाउँपालिका वडा नम्बर -५ बाँगी वडा कार्यालय र स्वास्थ्य चौकीको सहकार्यमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
एकदिने स्वास्थ्य शिविरमा ७० जना पुरुष १०० जना महिलाले स्वास्थ्य लाभ लिएका छन् । डाक्टर खगेन्द्र आचार्यले शिविरमा जनरल चेकअप एलेर्जी नाक कान घाँटी प्रेसर र सुगरको जाँच गरी औषधि समेत उपलब्ध गराइएको थियो । आफू बाँगीको भएकोले शिविरमा आएका विरामीको उपचार गर्न पाएकोमा आचार्यले क्लब लाई धन्यवाद दिदै खुशी व्यक्त गरे ।
भौगोलिक हिसाबले समस्या भएपनि वडा अध्यक्ष तिलक मिश्रले आफूले चुनावमा घोषणा गरेअनुसार बाँगीका जनतालाई नि:शुल्क स्वास्थ्य सेवा घरदैलोमै पु-याउने प्रयास भइरहेको बताए । क्लबको सामाजिक कार्य देखेर प्रसंशा गर्दै सहयोग सहकार्य गर्ने वडा अध्यक्ष मिश्रले बताए ।
“सामाजिक रुपान्तरणका लागि युवा अभियान” भन्ने नारा लाई आत्मसात राखी २०७४ सालमा स्थापना गरिएको नवदिप युवा क्लबले बाँगीमा सामाजिक कार्य गर्दै आएको छ । शिविरमा क्लबले १२ जना लाई सम्मान पत्र वितरण गरेको थियो । सम्पुर्ण लाई धन्यवाद दिदै आगामी दिनमासमेत यस प्रकारको शिविर सञ्चालन गरी सर्वसाधारण नागरिकलाई सेवा प्रदान गर्ने अपेक्षा समेत क्लबका अध्यक्ष सुर्य कुँवरले राखेका थिए ।

अन्य समाचारहरु