मालारानी – १ बसन्तपुरका एक २० वर्षीय युवा मृत अवस्थामा फेला परे

अर्घाखाँचीडट्कम संवाददाता 
अर्घातोष, अर्घाखाँची । अर्घाखाँची  जिल्लाको मालारानी गाउँपालिका वार्ड १ बसन्तपुरका एक युवा मृत अवस्थामा फेला परेका छन् । 
बसन्तपुरका २० वर्षीय सरोज भुसाल आज आईतवार बिहानै घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँची ल्याइएको छ । 
भुसालले छत्रदेव गाउँपालिका–८ स्थित श्री सरस्वती माध्यमिक विद्यालयबाट कक्षा १२ को परीक्षा दिएका थिए । 
प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएको छ । 

अन्य समाचारहरु