कृष्ण परियार
बुटवल ,असार – सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बुुटवल स्टार्सको आगामी बर्ष २०२२—२०२३ को लागि नयाँ नेतृत्व पद हस्तारण भएको छ । क्लबको आगामी बर्षको लागि नयाँ अध्यक्षको रुपमा विजय बर्नवाल लाइ निः बर्तामान अध्यक्ष अन्जील खानले पद हस्तारण गरेका हुन ।
निर्वाचित अध्यक्ष वर्नवालले आफ्नो कार्यकालमा नमुना बनाउने गरी सामाजीक कार्य गर्ने बताए । उनले सबैको साथ र सहयोगले क्लब अगाडी बढ्ने भएकोले सहकार्यका लागी अनुरोध गरे ।
बिहीबार एक कार्यक्रमको बिच संथापक अध्यक्ष तथा डिष्ट्रिक ३२५पि का सचिव संन्दिप कसौधनले नवनिर्वाचित पदाधिकारीहरलाई शुभकामना दिदै लायन्सकै ईतिहासमा गौरवपुर्ण काम गर्ने अपेक्षा समेत व्याक्त गरे ।
नया कार्यसमितिको प्रथम उपाध्यक्षमा भुपेन्द्र अर्याल ,द्धितिय उपाध्यक्षमा बिश्वजित कसौधन, तृतिय उपाध्यक्षमा राजन जिसी, सचिवमा ढकेश्वर भट्टराइ, कोषाध्यक्षमा अब्दुल सलामत, सह–सचिवमा किरण केसि, सह–कोषाध्यक्षमा बृज किसोर बर्मा पदभारण गरेका हुन ।
यस्तै पि.आर.ओ राम बहादुर शाही,एलसिआइएफ कोडिनेटर चेयरपर्सन रुक्मागतं पाण्डे, निर्देशक डिजेस्टर रेस्कुउ एण्ड रिलफ डा.अन्जनी बर्नवाल, युथ चियर फर्सन निर्देशकमा नविन पन्थी, फाईन्स चेयरपर्सन निर्देशकमा प्रेम कुमार शर्मा, स्पोट्स निर्देशक चियर पर्सनमा बिष्णु ज्ञवाली, टेल—ट्वीटर गोकुल तिवारी, टेमरमा घनश्याम पाण्डे पदभारण गरेका हुन ।
कार्यक्रमा २०२१÷२२ का अध्यक्ष एन्जिल खानले नया“ कार्यसमिति बधाई र क्लबलाई कसरी आगाडी क्रियासिल गराउन र समाजिक काममा जोड दिन आग्रह गरेका छन् ।