कपिलबस्तुमा धान रोप्ने क्रममा चट्याङ लागेर १९ वर्षीया किशोरीको मृत्यु

नारद कोहार गोरखापत्र
तौलिहवा, असार १८ गते । कपिलबस्तुमा धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज नगरपालिका –२ बालापुर बस्ने १९ वर्षीया सुशिला थारु रहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक जेशी शाहले बताउनुभयो । 
आफ्नो खेतमा धान रोप्ने क्रममा अचानक चट्याङ परेपछि घाइते हुनु भएकी थारुको संजिबनी सामुदायिक अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक शाहले बताउनुभयो  । टिप्पर चालक मृत फेला
यसैबीच कपिलबस्तुमा मृत अवसथामा टिप्पर चालकको शव फेला पेरको छ । कपिलवस्तु नगरपालिका –७ बर्गदवास्थित लु.२ ख १५१५ नम्बरको टिप्परमा सोही टिप्परका चालकको शव शनिबार फेला परेको प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक शाहले बताउनुभयो । 
मृतक शिबराज नगरपालिका–५ नौडिहवा बस्ने ३८ वर्षीय रामकेवल थारु रहेको उहाँले बताउनुभयो । थारुको शव कपिलबस्तु अस्पताल तौलिहवामा पोस्टमार्टम पछि परिवारको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक शाहले बताउनुभयो । सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अन्य समाचारहरु