अर्थमन्त्री जनार्दन शर्माले गरे पदबाट राजीनामाकाे घाेषणा ।

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामाकाे घाेषणा गरेका छन् । 
प्रतिनिधिसभाले आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको र करको दर हेरफेर गरेको भन्दै छानबिनका लागि संसदीय विशेष समिति गठन गरेलगत्तै अर्थमन्त्री शर्माले राजीनामाको घोषणा गरेका हुन् । त्यसलगत्तै विशेष समय लिएर बोल्दै उनले छानबिनका लागि मार्गप्रशस्त गर्न राजीनामा दिएको बताए । ‘एउटा संसदीय छानबिन होइन, हजारौं छानबिनका लागि तयार छु,’ उनले भने । 
त्यसअघि उनीविरुद्ध छानबिनका लागि ११ सदस्यीय संसदीय विशेष समिति गठन गरिएको थियो । 
उनले बजेट निर्माणका क्रममा आफूले कुनै गल्ती नगरेको दाबीसमेत गरे । 
अर्थमन्त्री विवादमा तानिएपछि अर्थसचिव मधुकुमार मरासिनी आजैदेखि अनिश्चितकालसम्मका लागि बिदामा बसेका छन्