अर्घाखाँची लगायत लुम्बिनी प्रदेशमा सन्चालित इट्टा उधोग बन्द हुने अवस्थामा ।

अर्घाखाची डट्कम  , बुटवल ।
रुपन्देहीका इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका हुन । इँटाको माग घट्नाका साथै इँटा उत्पादनमा आवश्यक पर्ने कोइलामा भएको मूल्यवृद्धिका कारण इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका हुन् ।
अर्घाखाँची लगायत  लुम्बिनी प्रदेशमा सन्चालित इट्टा उधोग बन्द हुने अवस्थामा ।
 गत वर्ष २५ हजार रुपैयाँ प्रती मेट्रिकटन  खरिद गरिएको कोइलाको लागत एकाएक ४५ हजार प्रतिमेट्रिकटन पुगेको र महँगो लागतमा इँटा उत्पादन गरिएकामा सोचे अनुसार माग नभएपछि जिल्लामा सञ्चालित ४८ वटा इँटा उद्योग बन्द हुने अवस्थामा पुगेको लुम्बिनी इँटा उद्योग व्यवसायी सङ्घका महासचिव अजयकुमार गुप्ताले बताए ।
अर्घाखाँची लगायत  लुम्बिनी प्रदेशमा सन्चालित इट्टा उधोग बन्द हुने अवस्थामा ।
रुपन्देहीमा उत्पादित इँटा पाल्पा, अर्घाखाँची, स्याङ्जा, कास्की, काठमाडौं, रोल्पालगायत विभिन्न पहाडी जिल्लामा पुग्ने गरेको छ ।
४८ इँटा उद्योग दर्ता भई सञ्चालनमा छ्न । लुम्बिनी इँटा उद्योग व्यवसायी सङ्घका सदस्य दीपक पौडेलले इँटा व्यवसायीका विषयमा सरकारको ध्यान नपुगेको आरोप लगाए । यसै गरी तराइबाट पहाडी जिल्लामा आउने इट्टा दुरी अनुसार  भाडा सहित प्रती इटा १४ मा आउने । यसै गरी जिल्लामा  उत्पादन भएका इट्टा  जिल्ला भित्र  प्रति इट्टा १६ देखी  १७ रुपैयामा उपलब्ध भएको अबस्ठा छ।