अनिल नेपाली सन्धिखर्क /अर्घाखाची डट्कम
जिल्ला प्रशासन कार्यालय अर्घाखाँची र घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त आयोजनामा आज सन्धिखर्कमा बजार अनुगमन गरिएको छ । सन्धिखर्कको टुडिखेल ,गन्टेखाेला ,पाणिनि चाेक लगायतका बजार क्षेत्रमा रहेका पसलहरुमा अनुगमन गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारि सरोज भुसालको उपस्थितिमा उक्त क्षेत्रका किराना, होटल, मदिरा लगायतका पसलमा अनुगमन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत लक्ष्मी प्रसाद दाहालले जानकारी दिए ।अनुगमनका क्रममा साईन बोर्ड नभएको, मूल्य सुची नभएको, ईजाजत बिना सुर्तिजन्य पदार्थ बिक्रि गरेकाले १५ दिनभित्रमा उक्त प्रक्रिया पूरा गरि पसल सन्चालन गर्न आग्रह गरिएको थियो ।अनुगमनमा लाेकल रक्सि समेत मरामद गरिएकाे छ ।
अनुगमन कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सरोज भुसाल, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोश खनाल, अधिकृत लक्ष्मी प्रसाद दाहाल, सन्धिखर्क नगरपालिकाका अधिकृत जिवनारायण आचार्य, उद्योग बाणिज्य संघका रुद्र श्रेष्ठ, पत्रकार अनिल नेपाली चेम्बर अफ कमर्शका उपाध्यक्ष लिलाधर बस्याल लगायतको उपस्थिती रहेको थियो ।