बाँगीका खत्री २७ वर्षदेखी बेपत्ता , खोजी गर्न परिवारको आग्रह ।

हरि कुँवर, अर्घाखाँची ।
बाँगीका खुम बहादुर खत्री २७ वर्षदेखी भारतबाट  बेपत्ता भएपछि  खोजी गर्न परिवारले आग्रह गरेको छ । 
अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका – ५ बाँगी निवासी थम्मन बहादुर खत्रीको छोरा खुम बहादुर खत्री रोजगारीको सिलसिलामा भारतको दिल्ली वसन्त कुज आसपास देखी बिगत २७ वर्ष पहिले हराएका हुन । पटकपटक खोजी गर्दासमेत फेलापार्न नसकिएको परिवारले बताएको छ । 
बुआको मृत्यु पछि सानै उमेरमै खुम भारत हिडेका हुन । यति बेला आमा डिलि तनावमा छन् । परिवारले छोरा लाई खोजीका लागि पहल गरिदिन सबैलाई अनुरोध गरेको छ ।
तपाईंहरुले कतै देख्नु भयो भने नजिकैको प्रहरी चौकी अथवा  तलको नम्बरमा सम्पर्क गरि सहयोग गरि दिनुहुनको लागि हार्दिक अनुरोध गर्दछौं ।
जित बहादुर कुँवर  – ९१९८७१२८०२००  
ईश्वर प्रसाद          – ९१८८००६३०७१० 

अन्य समाचारहरु