नयाँदिल्ली – भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका छन् ।
नयाँ दिल्लीस्थित भाजपाको केन्द्रीय कार्यालयमा आइतबार बिहान दाहाल र नड्डाबीच भेट भएको हो । नड्डाकै निमन्त्रणमा दाहाल तीनदिने भ्रमणका लागि शुक्रबार नयाँदिल्ली पुगेका थिए ।
नड्डासँगको भेटमा भारतीय विदेशमन्त्री एस जयशंकर, दाहालको पक्षबाट छोरी गंगा दाहाल र स्वकीय सचिव रमेश मल्ल सहभागी थिए । स्वदेश फर्किनुअघि दाहालले आजै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने सम्भावना छ । कान्तिपुरले उल्लेख गरेको छ।