जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले सवारी कारवाहीबाट ३ बर्षमा गर्‍यो , २ करोड ८६ लाख ४ हजार ५ सय रुपैयाँ राजश्व संकलन ।

Sanima
अनिल नेपाली / अर्घाखाचीडट्कम । 
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले गएको तीन आर्थिक वर्षमा ४७ हजार २ सय ६९ सवारी कारवाहीबाट २ करोड ८६ लाख ४ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ ।
कार्यालयका अनुसार पछिल्लो वर्षको ट्राफिक कारबाहीबाट १ करोड भन्दा बढी राजस्व संकलन भएको छ। गत आर्थिक वर्ष २०७८।०७९ मा ट्राफिक कारबाहीबाट १ करोड १३ लाख ७१ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको हो ।
जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख प्रहरी नायब निरीक्षक दामोदर मल्लले दिएको जानकारी अनुसार एक वर्षको अवधिमा १८ हजार ४६६ सवारी साधनलाई कारबाहीमा गर्दा उक्त रकम बराबरको राजस्व संकलन भएको हो ।
कारबाहीमा पर्नेमा सबैभन्दा धेरै पाचँ हजार ५५० मोटरसाइकल रहेका छन् । मोटरसाइकल कारबाहीबाट ३७ लाख ७८ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ। यस्तै ५ हजार ३९४ जिप र कारलाई कारबाही गर्दा ३२ लाख ७४ हजार, तीन हजार ५८७ टिपरसहित ट्रक र मिनी ट्रक कारबाहीमा गरी २० लाख ५१ हजार, दुई हजार ४६४ बस तथा मिनी बसलाई कारबाही गर्दा १३ लाख ९३ हजार तथा १ हजार ४७१ ट्याक्टरलाई कारबाही गर्दा ८ लाख ७५ हजार राजस्व संकलन भएको प्रमुख मल्लले बताए ।
यस्तै आर्थिक वर्ष २०७७।७८ मा विभिन्न सवारी कारबाही गरी ८८ लाख ५९ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय पाल्पाले जनाएको छ । यस्तै आर्थिक वर्ष २०७६। ७७ मा ८३ लाख ७३ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।
 
ट्राफिक नियम उल्लंघन गरेका टिपरसहित ट्रक, मिनी ट्रक र ट्याक्टरले क्षमताभन्दा बढी सामग्री बोकेका सवारी, सिट क्षमताभन्दा बढी यात्रु राख्ने र गाडी चलाइरहेका वेला चालकले मोबाइल फोनमा कुरा गरिरहेका अवस्थामा भेटिएकालाई पनि कारबाही गरिएको छ। यस्तै कार, भ्यान, जिपका चालकले सिट बेल्ट नबाँधेका, बढी यात्रु चढाएका थिए।
Sanima
सवारी अनुमतिपत्र बिना सडकमा गुडेका र नियम विपरित तीन जना मान्छे यात्रा गरिरहेका मोटरसाइकललाई कारबाही गरी जरिवाना तिराइएको छ। यस्तै मापसे गरेर सवारी चलाउने चालकलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ ।

अन्य समाचारहरु