कोरिया- मिति २०२२ जुलाई ३० र ३१ तरिकको दिन अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाले मैत्रीपुर्ण बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त्त कार्यक्रममा कोरियालाई कार्यथलो बनाउने अर्घाखाँचीबासी र अन्य जिल्ला बासी समेत गरि सयौं दाजुभाइ दिदीबहिनीहरुको उपस्थिति रहेको थियो ।
” प्र्वासी भुमिमा हाम्रो एकता जिल्ला बासिको प्रतिबद्धता ” भन्ने मुल नाराका साथ अयोजना गरिएको उक्त कार्यक्रमको मुख्य उद्देश्य प्रदेशमा रहेर काम गरिरहेका साथीभाइ बिच अनुभूति साटसाट गर्ने र कामको ह्यङओभर हटाइ एकापसमा पारस्परिक सम्बन्ध मजबुत बनाउनु रहेको कुरा सस्थाका अध्यक्ष हिमाल खनालले बताउनु भयो ।
उक्त कार्यक्रम हिमाल खनालको अध्यक्षतामा माधब खनाल र बाबुराम खनालको सन्चालन , त्यसैगरी जीवन आचार्यको स्वागत मन्तब्य राख्नु भएको थियो। कार्यक्रममा नबनिर्बाचित कार्यसमितीलाई संस्थाका संरक्षक भरत पान्डे तथा सल्लाहकारहरुले निर्वाचित कार्यसमितीलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
त्यसैगरी अर्घाखाँचीका गौरब , तेक्वान्दोका साउथ एसियन गोल्ड मेडलिस्ट खेलाडी कमल श्रेष्ठलाई सम्मान पनि गरिएको थियो।