महिला उपप्रमुख कै घरमा महिला हिंसा।

tvs
रुपन्देही –  घरेलु हिंसाका घटना दिनानुदिन बढ्दै गईरहेका छन् । आम रुपमा महिला माथी हुने घरेलु हिंसाका घटना बढिरहेका छन् । समाज शिक्षीत हुँदै गएपनी घटनाहरु बढ्दै जानु चिन्ताको विषय हो । अशिक्षीत तथा आर्थिक रुपले विपन्न घरपविारमा मात्र नभएर प्रतिष्ठित तथा समाजका ठुलाबडाका घरमा पनि यस्ता घटना भएको पाईन्छ ।
पछिल्लो समय यस्तै घटना घटेको छ रुपन्देहीको तिलोत्तमामा । महिलाहरुको आवाज बन्ने तथा महिलाहरुका हक-अधिकार सुनिश्चित गर्ने बाचा सहित उपमेयर बनेकी तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वरीदेवी चौधरीकै घरमा घरेलु हिंसाको घटना सार्वजनिक भएको छ । तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वरीदेवी चौधरीकै घरमा उनकी बुहारीमाथि घरेलु हिंसा भएको हो । तिलोत्तमा नगरपालिका–१७, गंगोलिया मुडियारी निवासी जागेश्वरीदेवीकी बुहारी २५ वर्षीया बर्षा थारु घरेलु हिंसामा परेकी हुन् ।
महिला उपप्रमुख कै घरमा महिला हिंसा।
बर्षाले आफ्ना श्रीमान् मोहन थारुले दैनिक रुपमा लागुपदार्थ सेवन गरी कुटपिट गर्ने, गाली बेइज्जती गर्ने र मानसिक यातना दिने गरेको भन्दै इलाका प्रहरी मंगलापुरमा उजुरी दिएकी छन् ।घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवल पठाइएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख एवं प्रहरी नायव निरीक्षक थमनबहादुर रोकाले जानकारी दिए ।
रोकाका अनुसार मोहन थारुले कुटपिट गरेर बर्षाको शरीरमा घाउ चोट समेत लागेको छ । मोहनले दैनिक लागुपदार्थ सेवन गरेर शारीरिक तथा मानसिक तनाव दिँदा घरका सासु ससुराले समेत बेवास्ता गरेको बर्षाले प्रहरीसमक्ष बताएकी छन् । गाडी चलाउने काम गर्ने श्रीमान् मोहनले घरखर्च नदिने, यातना दिने र सासु जागेश्वरी एवं ससुराले समेत बेवास्ता गर्दा आफूले बच्चाको लालनपालनमा समस्या भोगेको उनले प्रहरीलाई बताएकी छन् ।
tvs
वर्षाले भनिन्, ‘श्रीमानले मलाई दिनहुँ यातना दिएपछि मैले उजुरी दिएकी हुँ, आइतबार पनि मलाई कुटपिट गरी घाइते बनाएपछि दिदीको घरमा आएर शरण लिएकी छु । ’एक छोराकी आमा वर्षा थारूले आफूले न्याय नपाएसम्म घर फर्कन नसक्ने बताइन् । घरमा ससुराले केही सहानुभूति देखाउने गरे पनि तिलोत्तमा नगरपालिकाकी उपप्रमुखसहित रहेकी सासु जागेश्वरीले निकै हेला गर्ने गरेको गुनासो उनले गरिन् ।इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले वर्षाका श्रीमान् मोहन थारु सम्पर्कविहीन भएको बताए । घटनाको थप अनुसन्धान जारी रहेको उनले जानकारी दिए ।
Sanima
यहाँका महिला अधिकारकर्मीहरूले जनप्रतिनिधिकै घरमा महिला हिंसाका घटना हुनु दुखद् भएको टिप्पणी गरेका छन् । यसबारे प्रतिक्रिया लिन खोज्दा उपप्रमुख चौधरी भने सम्पर्कमा आउन चाहिनन् । उपप्रमुख जागेश्वरीदेवि चौधरी विगतका दुवै स्थानीय तहको निर्वाचनबाट उपप्रमुखमा विजयी भएकी एमाले नेतृ हुन् । स्थानीय तह उपप्रमुख पालिकास्तरको न्यायिक समिति संयोजक पनि हुन्छ जसले पालिकाभरि हुने यस्ता झैझगडा सम्बन्धी उजुरीको छिनोफानो गर्ने दायित्व बोकेको हुन्छ ।

अन्य समाचारहरु