लायन्स डिष्ट्रिक ३२५ पी पहिलो डिष्ट्रिक पधाधिकारी पदस्थापना समारोह, सामाजिक सेवाभावलाई अझ बढाऔंः पासकल

tvs
कृष्ण परीयार ,बुटवल । 

हामी  सेवा गछौं भन्ने मुल नाराका साथ स्थापना भएको लायन्स क्लवहरुको डिष्ट्रिक ३२५ पी को डिष्ट्रिक पदाधिकारी पदस्थापन  समारोह रुपन्देहीमा भएको छ ।
लायन्स डिष्ट्रिक ३२५ पी   पहिलो डिष्ट्रिक पधाधिकारी पदस्थापना समारोह,  सामाजिक सेवाभावलाई अझ बढाऔंः पासकल
कार्यक्रमलाई  संवोधन गर्दै  लायन्स अन्तराष्ट्रिय डाईरेक्टर महेश पासकल ले लायन्स क्लवको ईतिहास पुरानो र विश्वव्यापी पहुच रहेको भन्दै अझै बढि सेवा भावलाई अगाडी बढाउनुपर्नेै बताएका हुन ।  कार्यक्रमलाई संवोधन गर्ने श्रीलंकाबाट आएका पासकल ले नेपालमा लायन्स क्लवको सामाजिक क्षेत्रमा महत्पूर्ण योगदानरहेको बताउँदै जसबाट अन्तराष्ट्रिय स्तरमा समेत यसको चर्चा परिचर्चा हुने गरेको बताएका हुन ।
तिलोत्तमा मणिग्राममा रहेको ड्रिमल्याण्ड गोल्ड रिर्सोटमा आयोजना भएको उक्त कार्यक्रममा पाष्ट ईन्टरनेशनल डाईरेक्टर सञ्जय खेतान, लायन्स नेताहरु बालकृष्ण बुर्लाकोटी, खगेन्द्र सिटौला, मल्टीपल चियर पर्सन केशव पाण्डे , डिष्ट्रिक गर्भनर नवराज न्यौपाने, सहितका लायन्सका प्रथम भाईस ड्रिष्टक गर्भनर  अर्जुनमान शैजु, द्धितिय भाईस डिष्ट्रिक गर्भनर पुरुशोत्तमभक्त प्रधानाङ्ग, तथा पुर्व गर्भनरहरु अरुणप्रताप राणा, शुनिल ओझा लगायतले संवोधन गरेका थिए । 
लायन्स एरिया नम्बर ३ र ४ को आयोजनामा भएको क्याविनेट मिटिङ्ग तथा पदस्थापना कार्यक्रममा करिव १ हजार २ सय जनाभन्दा बढि को  सहभागीता रहेको थियो । 
एरिया ४ का चिफ एम एल पाण्डेका अनुसार डिष्ट्रिक घोषणा भएको ४५ दिन भित्र क्याविनेट पदस्थापना तथा फष्ट क्याविनेट मिटिङ्ग  गर्नुपर्ने अन्तराष्ट्रिय नियम अनुसार कार्यक्रम गरिएको जानकारी दिए ।
अर्का कार्यक्रम संयोजक एरिया ३ का चिफ माधव खनालका अनुसार कार्यक्रममा  नेपालका विभिन्न भाषा, सस्कृती, कौशल झल्कीने सास्कृतिक कार्यक्रम सहित श्रींलकाको समेत विशेष प्रस्तुती गरिएको थियो ।  कार्यक्रममा अन्तराष्ट्रिय डाईरेक्टर महेश पास्कवाल ले नव निर्वाचित डिष्ट्रिक गर्भनर नवराज न्यौपाने सहितका पदाधिकारीहरुलाई  सपथ ग्रहरण गराएका थिए ।
क्याविनेट  सेक्रेटरी सन्दीप कसौधनका अनुसार कार्यक्रम भव्यरुपमा सम्पन्न भएको हो । ३२५ पि अन्र्तगत नवलपरासी,  रुपन्देही, पाल्पा, कपिलवस्तु काठमाण्डौ सहितका १ सय ८४ वटा क्लवमा ४ हजार ६ सय ७ जना सदस्य रहेका छन्  ।

अन्य समाचारहरु