युवा उद्यमी मञ्चद्धारा रक्तदान

– कृष्ण परीयार 
बुटवल, साउन ।  अन्तर्राष्ट्रिय युवा दिवस २०२२ को अवसरमा रक्तदान गरिएको छ । 
नेपाली युवा उद्यमी मञ्च रुपन्देही ले वृहत रक्तदान कार्यक्रम गरेको हो । रक्तसञ्चार सेवा केन्द्र रुपन्देहीको प्राविधिक सहयोगमा बुटवल ५ मा रक्तदान कार्यक्रम गरिएको नेपाली युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष निरज लाकौंलले जानकारी दिए । 
 कार्यक्रम संयोजक आर्दश श्रेष्ठका नअुसार कार्यक्रममा ६५ जनाले रक्तदान गरेका  थिए । कार्यक्रममा नेपाली यूवा उद्यमी मञ्चका केन्द्रीय सदस्य सुदिप घिमिरेले रक्तदानको महत्वको विषयमा प्रकाश पारेका थिए । 
 नेपाल यूवा उद्यमी मञ्च रुपन्देहीले विभिन्न समयमा सामाजिक क्रियाकलाप गर्दै आएको छ ।

अन्य समाचारहरु