मूल्यवृद्धि ८ प्रतिशत, व्यापार घाटा १७ खर्ब नाघ्यो – सुध्रिएन मुलुकको अर्थतन्त्र


काठमाडौं । नेपाल राष्ट्र बैकले मंगलबार मुलुकको आर्थिक अवस्थाको नकारात्मक तस्वीर सार्वजनिक गर्‍यो । हरेक महिना सार्वजनिक गर्ने मुलुकको आर्थिक प्रतिवेदन विगत दुई वर्षदेखि आशा जगाउन सकेको छैन । मंगलबारको प्रतिवेदनले असार महिनामा मूल्यबृद्धि ८ प्रतिशत बढी भएको र वस्तु व्यापार घाटा १७ खर्ब २० अर्ब ४२ करोड पुगेको जनाएको छ ।

Traders urge improvement of Nepal-Bangladesh customs process

विश्वव्यापी भएको इन्धन तथा खाद्य वस्तुको मूल्यवृद्धि, आपूर्ति प्रणालीमा आएको व्यवधान लगायतका कारण पछिल्ला महिनामा मुद्रास्फीतिमा चाप भएको सरकारी भनाई छ । यसैगरी मुलुकले आयात गरेको वस्तु वापत १९ खर्ब २० अर्ब ४५ करोड पुगेको छ । वैदेशिक विनिमय संचिति लगातार दबावमा रहँदा १२ खर्ब १५ अर्ब ८० करोडमा झरेको छ । यस्तो, संचिति गत वर्षको सोही अवधिमा १३ खर्ब ९९ अर्ब ३ करोड थियो ।

आर्थिक वर्ष २०७८/७९ को आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति करिब ८ महिनाको वस्तु आयात र ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिन्छ । यसैगरी आर्थिक वर्ष २०७८/७९ मा बैंकिङ्ग कारोबारमा आधारित सरकारको वित्त स्थिति २ खर्ब ६० अर्ब १६ करोडले घाटामा छ ।

मूल्यवृद्धि ८ प्रतिशत, व्यापार घाटा १७ खर्ब नाघ्यो - सुध्रिएन मुलुकको अर्थतन्त्र

अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति २ खर्ब ६२ अर्ब ६९ करोडले घाटामा रहेको थियो । आर्थिक वर्ष २०७८/७९ मा विप्रेषण आप्रवाह ४.८ प्रतिशतले वृद्धि भई १० खर्ब ७ अर्ब पुगेको राष्ट्र बैंकले जनाएको छ । सरकारले तत्कालका लगि बहुमुल्य वस्तुको आयातमा गरेको कडाईले उपलब्धी उल्लेख्य सुधार हुन नसकेको अवस्थामा नेपाल राष्ट्र बैकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा मुलुकले यति ठुलो आयात धान्न नसक्ने भन्दै आयात प्रतिस्थापन गर्न सक्नु पर्ने बताउनुभयो । कोरोनालाई मुलुकले र राष्ट्र बैकले अवसरका रुपमा लिएर काम गर्नु पर्नेमा त्यसो हुन नसकेको बताउनुभयो ।

अर्थशास्त्री केशव आचार्य पनि मुलुकको अर्थतन्त्र डरलाग्दै अवस्थामा नपुगेपनि चुनौतिपूर्ण अवस्था रहेको बताउनुहुन्छ । बाह्य चुनौति सम्बोधनका लागि सरकारले पाइला पाइलामा विचार गरेर कदम चाल्न आवश्यक रहेको उहाँले बताउनुभयो । हाम्रो अर्थतन्त्रमा समस्या आउनुमा कमजोर पूँजीगत खर्च परिचालन प्रमुख कारण हो । यसका लागि विकास प्रशासनमा आमूल परिवर्तन आवश्यक रहेको अर्थशास्त्री आचार्य बताउनुहुन्छ ।

खुला व्यापार रणनीति अंगालेको मुलुकमा अहिले आन्तरिकभन्दा बाह्य तत्वले धेरै असर गर्दा सकारात्मक परिणाम आउन सकेको छैन । सन् २०१९ को अन्त्यमा विश्वभर देखिएको कोरोना महामारी हँुदै अहिले रुस युक्रेनको युद्धले मुलुकको अर्थतन्त्रमा गरेका नकारात्मक असरमा अझै आशा प्रवाह हुन सकेको छैन । 

–  आर्थिक ब्युरो।