लायन्स स्टार्सको आयोजनामा खाद्यान्न सहयोग





– कृष्ण परीयार बुटवल ।
 लायन्स क्लव अफ बुटवल स्टार्सको आयोजनामा खाद्यान्न सहयोग गरिएको छ।   शनिवार एक कार्यक्रमको आयोजना गरी  बुटवल–१५ उजेलापुरमा रहेको अपाङ्ग आश्रममा सहयोग प्रदान गरेको छ ।
लायन्स स्टार्सको आयोजानमा खाद्यान्न सहयोग
 क्लवका अध्यक्ष विजय वर्नावालका अनुसार लायन्स डिष्ट्रिक ३२५ पि नेपालका  द्धितिय गर्भनर पुरुशोत्तम भक्त प्रधानाङ्ग,  जिल्ला परिसद सल्लाहकार आशिष कृष्ण श्रेष्ठ ,क्लवका निर्वतमान अध्यक्ष एञ्जील खान, द्धितिय उपाध्यक्ष विश्वजित कसौधन लगायतको सहभागीतामा  खाद्यान्न सहयोग गरिएको छ ।
  क्लवका तृतिय उपाध्यक्ष राजन जि.सी.को जन्मदिनको अवसरमा खाद्यान्न वितरण गरिएको हो ।   क्लवले विगत लामो समयदेखि विभिन्न सामाजिक उत्तरदायित्व अभियान अन्र्तगतका कार्यक्रम गर्दै आएको छ ।

अन्य समाचारहरु