
– ईश्वर बन्जाडे ,अर्घाखाची सम्पर्क समिती युएई

अर्घाखाँची सम्पर्क समिती युएईको आयोजनामा सदाको बर्ष जस्तै यस बर्ष पनि मौलिक
तिज विशेष तीज मिलन तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।

रोजगारीको लागी युएईमा रहेका अर्घाखाँची तथा गैर अर्घाखाची बासीहरुलाई मौलिक परम्परालाइ सम्बर्द्दन
तथा प्रबर्द्दन गर्ने उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।

देरा दुबई स्थित फ्लोरा सिटी होटलको सभा हलमा गरिएको उक्त कार्यक्रमको औपचारिक कार्यक्रम सस्थाका प्रवक्ता
इस्वरी बन्जाडेले सन्चालन गर्नु भएको थियो ।

करिब 300 भन्दा धेरैको संख्यामा भएको उल्लासमय उपस्थितिमा अर्घाखाचीको मौलिकता झल्काउने तीज गितहरु गाइनुका साथै स्थानिय कलाकार हरुले दर्सकलाई मनोरञ्जन
प्रदान गरेका थिए ।

सस्थाका संरक्षक कृष्ण भुसालको प्रमुख आथित्त्यता अध्यक्ष जेपि
पोखरेलको बिशिष्ठ आतिथ्यता भएको कार्यक्रमको संयोजकत्त्व रिता आचार्यले गर्नु भएको थियो।

कार्यक्रमलाइ सफल
बनाउन लाग्नु हुने सम्पूर्ण कार्य समितिका साथीहरु लगायत उपस्थित सम्पूर्णमा अर्घाखाची
सम्पर्क समिती युएईले हार्दिक आभार तथा धन्यबाद ब्यक्त गरेको छ।



