-दीपेन्द्र पौडेल ,अर्घाखाची डट्कम।
बुटवलको बेलबासमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा बाबु र छोराको ज्यान गयो ।
मृत्यु हुनेहरुमा अर्घाखाँची भूमिकास्थान नगरपालिका वडा नं. १० धनचौर घर भई बुटवल उपमहानगरपालिका–१३ बेलबास बस्ने अन्दाजी ४५ वर्षका सोनु भट्टराई र उनका ६ वर्षका छोरा निशान भट्टराई रहेका प्रहरीले जनाएको छ ।
महेन्द्र राजमार्ग अन्तर्गत बेलबास चोकमा पश्चिमतर्फ जांदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल र पश्चिमबाट आउंदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।
मोटरसाइकल ठोक्किँदा लु ४१ प ४१६८ नम्बरमा सवार मोटरसाइकल लु १ क ४४२४ नम्बरको ट्याङ्करमुनि पर्न जाँदा उक्त मोटरसाइकलमा सवार बाबु छोराको मृत्यु भएको हो ।